कांग्रेस मकवानपुरका युवा नेता न्यौपानेद्वारा सचिवमा उम्मेदवारी घोषणा

छहारी संवाददाता
अशोज ६, २०७८

नेपाली कांग्रेस मकवानपुरका युवा नेता सविन न्यौपानेले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

हेटौंडा–१ का वडा अध्यक्ष समेत रहनु भएका न्यौपानेले बुधबार कार्यकर्तासँग भेटघाटको क्रममा सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । कांग्रेस पार्टीलाई सबल र सक्षम बनाउन आफूले सचिव पदमा उमेदवारी दिन लागेको न्यौपानेले बताउनुभयो ।

गत स्थानीय तहको निर्वाचनमा हेटौंडा १ नम्बर वडामा लोकप्रिय मतका साथ अध्यक्ष निर्वाचित न्यौपानेले बागमती प्रदेशको राजधानी र मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडामा कांग्रेस सक्षम भए जिल्लामै नेपाली पार्टी बलियो अवस्थामा पुग्ने भन्दै त्यसका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुएको छ ।

न्यौपानेले पार्टीको विधानमा व्यवस्था भएबमोजिम समावेशी सहभागिताको मुद्दालाई कार्यान्वयन प्रक्रिया सक्रिय ढंगले अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता औंल्याउनुभयो । उहाँले सहमति, सहकार्य र एकताको माध्यमबाट पार्टी संगठनमा क्षमतावान व्यक्तिलाई अगाडि बढाउन र पार्टीमा सामूहिक भावनाको विकास गर्न लागिपर्ने घोषणा समेत गर्नु भएको छ । न्यौपाने डेढ दशक पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर सक्रिय राजनीतिमा होमिनु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*