कांग्रेस नेता खड्का परराष्ट्रमन्त्री नियुक्त

छहारी संवाददाता
अशोज ६, २०७८

नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त हुनु भएको छ ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको अनलाइन खबरले लेखेको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’

राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बाँकी रहेको उहाँले बताउनुभयो । समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनुहुनेछ ।

आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*