हेटौंडामा तिन महिने वेतबाँस हस्तकला तालिम सुरु

ओम् फुयाल(अनिश आयु बाबा)
अशोज ५, २०७८

हेटौंडामा तिन महिने वेतबाँस हस्तकला तालिम सुरु भएको छ । व्यवसायिक तथा‌ सिप विकास तालिम केन्द्र र सिआन पुर्नस्थापना केन्द्रको संयुक्त आयोजनामा मंगलबारदेखि तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी  हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले  आफ्नो क्षेत्रमा लागू औषध नियन्त्रणका लागि नगरपालिका सधैं सहयोग गर्न तत्पर रहको बताउनुभयो । बेरोजगारीका कारण युवाहरु दुव्र्यशनमा फसेको भन्दै मेयर महतले यस्ता खाले सीपमुलक तालिमले लागू औषध दुव्र्यशनीलाई आर्थिक लाभ लिन र दुव्र्यशनबाट टाढा रहन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सिआन पुर्नस्थापना केन्द्रका संचालक सौजन डिसीले लागुऔषध कै समुदाय प्रति लाभ हुने उद्धेश्यले तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । सहभागीहरुले तालिमबाट दिगो रुपमा लाभ लिई उत्पादनसंग जोडेने विश्वास लिएको उहाँले बताउनुभयो । उहाँले व्यवासायिक तथा‌ सिप विकास तालिम केन्द्रले यसको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्पुर्ण सिआन परिवारको तर्फबाट धन्यवाद दिनु भएको छ ।

कार्यक्रममा विशिष्ठ अतिथि‌ सिआन पुर्नस्थापना केन्द्रका सल्लाहकार हेटौंडा ९‌ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भन्डारि, गैर सरकारी संस्था महासंघका उपाध्यक्ष रमिला सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, समाजसेवि नरेन्द्र भन्डारी, व्यवसायिक तथा‌ सिप विकास तालिम केन्द्रका प्रशिक्षक लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*