महिलासँग सम्बन्धित १२ बुंदे माग राख्दै हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र
अखिल क्रान्तिकारी महिला संघ हेटौंडाले महिलासंग सम्बन्धित १२ बुँदे माग राख्दै हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
महिला हिंसा अन्त्य गर्दै महिलामैत्री पालिका निर्माणका लागि सहितको १२ बुँदे माग राख्दै अखिल नेपाल महिला संघ क्रान्तिकारी हेटौंडाकी अध्यक्ष नमुना पाण्डेले उपप्रमुख मिना लामालाई ज्ञापनपत्र बुझाउनु भएको हो । शिक्षण संस्था, स्वास्थ्य संस्था वरपर धुम्रपान, मद्यपान र जुवातास निषेध क्षेत्र घोषणा गरिनुपर्ने, माध्यमिक तहसम्म विद्यालयलाई किशोरी मैत्री बनाउनुपर्ने, सेफ हाउस व्यवस्था हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा समेटिएको छ ।
साथै, ज्ञापन पत्रमा लैंगिक उत्तरदायी बजेट १० प्रतिशतको व्यवस्था गरी महिलाहरुको क्षमता तथा सीप विकास गर्नुपर्ने, सबै महिलाहरुलाई अस्पतालमै सुत्केरी गराउने व्यवस्था हुनुपर्ने, समान कामको समान ज्याला कार्यान्वयन गर्नुपर्ने जस्ता माग छन् । संगठनका केन्द्रीय सदस्य रंजना श्रेष्ठ लगायत संगठनका नेतृहरुको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाइएको हो ।
केन्द्रीय योजना अनुसार देशैभरका पालिकामा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत हेटौंडामा पनि ज्ञापन पत्र बुझाईएको अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० केन्द्रिय सदस्य श्रेष्ठले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्दै उपप्रमुख लामाले ज्ञापनपत्रमा उल्लेख भएको कतिपय बुंदा यसअघि नै लागु भैसकेको र बाँकी पनि पुरा गर्ने बताउनुभयो ।