ओलिले एमसिसि पास गराउन महरालाई जालझेलमा पारेः मोक्तान
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपु इन्चार्ज कुमारी मोक्तानले तत्कालिन प्रधानमन्त्रि केपी शर्मा ओलिले एमसिसि पास गराउनका लागि तत्कालिन सभामुख कृष्ण बहादुर महरालाई जालझेलमा पारी फसाएको आरोप लगाउनु भएको छ ।
मंगलबार नेकपा माओवादी केन्द्र मनहरी गाँउपालिका वडा नम्बर – ५ को वडा कमिटि गठन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथी रहनुभएकी नेतृ मोक्तानले सभामुखलाई जेलमा हालेर सदन बिहिन बनाई संसदमा एमसिसि भित्र्याउन नदिई सिधै प्रधानमन्त्रिको ठाडो आदेशमा एमसिसि पास गराउन खोजेको आरोप लगाउनुभयो ।
नेकपा माओबादीका केन्द्रका अध्यक्ष प्रचण्डकै कारण नेपालमा एमसिसि रोकिराखेको र भविष्यमा पनि एमसिसि पास गर्न नदिने उहाँको भनाई छ । सत्ताबाट बहिर्गमन पछि नौटकिं गरि ठुलो –ठुलो स्वरमा प्रचण्डको सिको गरि सस्तो लोकप्रियता पाउनका लागि एमसिसि बिरुद्ध प्रचण्डसंग हाते मालो गर्न खोजिरहेको उहाँको टिप्पणी थियो ।
यसैबीच नेकपा माओबादी केन्द्र मनहरी गाँउपालिका वडा नम्बर – ५ मा वडा कमिटि गठन भएको छ । गोबिन्द सापकोटाको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।
माओबादी केन्द्र मनहरी – ५ का अध्यक्ष कृष्ण बहादुर रिजालको अध्यक्षतामा भएको कार्यक्रममा माओबादी केन्द्र बागमति प्रदेशका सदस्य बिर बहादुर घलान (ज्वाला) , मनहरीका ईन्चार्ज राज कुमार पाख्रीन, अध्यक्ष राम प्रसाद कालाखेती, वाईसिएिल मनहरीका अध्यक्ष कृष्ण रुम्बा (झाँक्री) ५ नम्बर वडा इन्चार्ज दिपेन्द्र अधिकारी, गाउ कमिटि सदस्य केशब सुबेदी लगातकाको अथित्यता रहेको थियो ।