पत्रकार श्रेष्ठकी माताको निधन प्रति एनएफपीजेद्वारा शोक व्यक्त
राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुर एनएफपीजे ले जिल्ला साखा सदस्य मीना श्रेष्ठकी ममतामयी माताको निधन प्रति गहिरो शोक व्यक्त गरेको छ ।
श्रेष्ठकी माता मनकुमारी श्रेष्ठको ८३ बर्षको उमेरमा हिजो सोमबार निधन भएको हो । लामो समयदेखि उपचाररत मनकुमारी श्रेष्ठको काठमाडौंको कपनमा निधन भएको परिवारले जनाएको छ ।
मृतक श्रेष्ठका ६ छोरा र २ छोरी मध्ये मीना जेठी छोरी हुनुहुन्छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध मीना बागमती समाचार डटकममा कार्यरत हुनुहुन्छ । लागूऔषध दूव्र्यशनीविरुद्ध कलम चलाउँदै आउनु भएकी उहाँ फोटो पत्रकारितामा पनि अब्बल हुनुहुन्छ ।
एनएफपीजे मकवानपुरले शोक बक्तव्य जारी गर्दै श्रेष्ठको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । जिल्ला साखाका सचिव बलराम पुडासैनीद्वार जारी विज्ञप्तिमा यस दुःखको घडीमा पत्रकार मिना श्रेष्ठ लगायत परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरिएको छ ।