मकवानपुरकी सञ्चारकर्मी मीना श्रेष्ठलाई मातृशोक

छहारी संवाददाता
अशोज ५, २०७८

मकवानपुरकी सञ्चारकर्मी मीना श्रेष्ठलाई मातृशोक परेको छ ।

काठमाडौंको कपन निवासी ८३ वर्षीया आमा मनकुमारी श्रेष्ठको सोमबार असामयिक निधन भएको हो । उहाँको काठमाडौंमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ । मृतक श्रेष्ठका ६ छोरा र २ छोरी मध्ये मीना जेठी छोरी हुनुहुन्छ ।

यसैबिच, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)मकवानपुरले शोक वक्तब्य जारी गर्दै मनकुमारी श्रेष्ठको निधनले फोनिजलाई अत्यन्त स्तब्ध र मर्माहत बनाएको जनाएको छ ।

फोनिजका जिल्ला सचिव नवराज वाइबाद्वारा जारी विज्ञप्तिमा शोकको घडीमा दिवंगत हुनुभएका स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । फोनिज मकवानपुरकी सहसचिव रहनु भएकीमीनाले बागमती समाचार डटकम संचालन गर्दै आउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*