संविधान रक्षाको जिम्मेवारी कांग्रेसलाईः नेतृ डीना

छहारी संवाददाता
अशोज ४, २०७८

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य महालक्ष्मी उपाध्याय डीनाले संविधानको सफल कार्यान्वयन र जगेर्ना गर्ने दायीत्व कांग्रेसका नेता कार्यकर्ताको काधमा आएको बताउनु भएको छ ।
७ औ संविधान दिवसको अवसरमा हेटौंडामा भएको संविधान निर्माणमा कृष्णप्रसाद भट्टराईको प्रेरणा विषयक बिचार गोष्ठि बोल्दै नेतृ डीनाले यस्तो बताउनु भएको हो । सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र मकवानपुरले आयोजना गरेको कार्यक्रममा उहाँले नेता भट्टराईका मार्गमा हिडेमात्रै पनि कांग्रेसले संविधानको रक्षा गर्नसक्ने बताउनुभयो ।
उहाँले सन्त नेता भट्टराईको त्याग र बलिदानलाई आत्मसात गर्ने हो भने नेपाली कांग्रेसलाई धुर्विकृत हुनबाट जोगाउन सकिने र एकतावद्ध बनाएर लैजान सहयोग पुूग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णु लामिछाने, प्रमुख सल्लाहाकार माइकल रामचन्द्र अर्याल, सहप्राध्यापक कृष्णप्रसाद दाहाल, नेपाली कांग्रेस हेटौंडा नगरसभापति आनन्दराम पराजुली, स्मृति केन्द्रका उपाध्यक्षद्वय शुभाषचन्द्र अधिकारी र मञ्जु खराल लगाएतले सन्त नेता कृष्णप्रसाद भट्टराईको बारेमा चर्चा गर्नु भएको थियो ।
स्मृति केन्द्रका अध्यक्ष बिजेन्द्र अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सल्लाहाकार अशोक शाक्य, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजिव सुवेदी, सुशान्त श्रेष्ठ, इन्दिरा न्यौपाने, अमृता थापा, सुनिल अधिकारी लगाएत कांग्रेसका विभिन्न भातृसंगठनका जिल्ला अध्यक्ष, सुभेच्छुक संस्थाका अध्यक्ष एवं प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । संविधान दिवसको अवसरमा स्मृति केन्द्रको आयोजनामा पार्टी कार्यलयमा दिप प्रज्वलन कार्यक्रम समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*