गाई काटेको आरोपमा मकवानपुरमा १० जना पक्राउ
मकवानपुर । गाई काटेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
आईतबार बेलुका बकैया गाउँपालिका–११ मा नेपालको राष्ट्रिय जनावर गाई काटिरहेको भन्ने सुचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुर र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बकैया गाउँपालिकाको वडा नम्बर ४ बस्ने ४८ वर्षिय प्रल्हाद भक्त न्यासुर, वडा नम्बर ९ बस्ने ५० वर्षिय सञ्चमाया ब्लोन, ४२ वर्षिय फुलमाया थिङ, ४० वर्षिय सोम बहादुर तमाङ, १९ वर्षिय सोमार ब्लोन र १८ वर्षिय सन्देश बि.क. छन् ।
यसैगरी, सोही पालिका वडा नम्बर ११ बस्ने ३९ वर्षिय जनक बहादुर लो, ४३ वर्षिय राज कुमार घलान, ४० वर्षिय रबिन्द्र लो र ३३ वर्षिय पम्पराज लोलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।