तु खबर डटकमका सम्पादक अधिकारी जनसेवा श्रीबाट विभूषित हुँदै

छहारी संवाददाता
अशोज ३, २०७८

नेपाल सरकारले पत्रकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गर्ने घोषणा गरेको छ । गृह मन्त्रालयले संविधान दिवस २०७८ को अवसर पारी विभिन्न क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई विभूषण, मानपदवी तथा अलंकारबाट सम्मान गरिने उल्लेख गरेको छ ।

अधिकारी पत्रकार, साहित्यकार तथा गीतकार हुन् । २०४२ सालमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका उनी मकवानपुरका स्थायी वासिन्दा हुन् २०५७ सालबाट पत्रकारितामा आवद्ध अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् ।

अधिकारीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा सम्पादकीय विभागको नेतृत्व गरेर काम गरिसकेका छन् । काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, शौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेका उनी हाल तु खबर डटकमको सम्पादकको रुपमा कार्यरत छन् ।

मनकामना एफएम, नेशनल एफएम, पाल्पाको रेडियो पश्चिमाअञ्चल, रेडियो सगरमाथा, शक्ति एफएम, रेडियो सरोवरलगायतका एफएम रेडियोको रिपोर्टर, समाचार प्रमुख र सम्पादकको रुपमा उनले काम गरेको अनुभव बटुलेका छन् । अधिकारीको अक्षरका जुलुसहरु, इतिहास र लाल झा र २५ प्रतिवाद नामक कविता संग्रहहरु प्रकाशित भएका छन् । उनले मकवानपुरे पत्रकारिता ९इतिहास र समिक्षा० नामक अनुसन्धानमुलक पुस्तकको सम्पादन गरेका छन् । अधिकारी गीत लेखनमा समेत सक्रिय छन् ।

उनलाई प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कार प्रदान गरिसकेको छ । त्यस्तै उनी राष्ट्रिय सूचना आयोगको प्रादेशिक सूचना पुरस्कार, शिक्षा पत्रकारिता पुरस्कार, कान्तिपुर पत्रकारिता पुरस्कार, पहल उत्कृष्ठ खोज पत्रकारिता पुरस्कार र रिपोटर्स क्लबको क्रियाशील युवा पत्रकारिता पुरस्कारबाटसमेत पुरस्कृत भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*