बागमती प्रदेशका मुख्यमन्त्री शाक्य र विकास साझेदारहरुबीच छलफल

छहारी संवाददाता
भदौ २७, २०७८

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विकास साझेदारहरुसंग आज छलफल गर्नु भएको छ । यस प्रदेशमा काम गर्दै आएका बिदेशी दातृ निकायका प्रतिनिधिहरुसंग आज मकवानपुरको इन्द्रसरोवरमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शाक्यले छलफल गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले विकास साझेदारहरुलाई नीतिगत हिसाबले प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रदेशमा आफ्ना विकासका काम गर्दा बिकट गाउँका नागरिकलाई प्राथमिकतामा राखेर काम गर्न उहाँले निर्देशन दिनुभयो ।

काम गर्दा मानव सुचाङ्क कम भएका क्षेत्रमा गएर काम गर्न मुख्यमन्त्री शाक्यले निर्देशन दिनुभयो । कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्याल, मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*