माओवादी केन्द्र निकट बुद्धिजीवी संगठनको जिल्ला भेला सम्पन्न

एमसीसी परियोजना जनभावना विपरीत भएकाले स्वीकार्य छैनः पुलामी
छहारी संवाददाता
भदौ २६, २०७८

नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठन मकवानपुरको जिल्ला भेला शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

भेलाले अरुण खतिवडाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा राज कुमार चौधरी, डा.अनुराधा उप्रेती, सचिवमा दीर्घ नारायण भट्टराई, कोषाध्यक्षमा बुद्धी ढकाल चयन भएका छन् । सदस्यहरुमा गायत्री रुपाखेती, राखी लामा, धनिकलाल साह लगायत २१ सदस्यीय रहेको छ ।

भेलामा बोल्दै नेकपा माओवादी केन्द्र मकवानपुर समन्वय समिति अध्यक्ष प्रेम बहादुर पुलामी(छिन्तु) ले माओवादी पार्टी सिङ्गो रुपमा सुदृढ पार्टी निर्माण प्रक्रियामा रहेको बताउनुभयो । विचारसहितको पार्टीले मात्रै जनताको चाहना अनुसारको परिवर्तनलाई संस्थागत गर्नसक्ने भएकाले क्रान्तिकारी विचार केन्द्रित पार्टी निर्माणमा बुद्धिजीवीहरुको महत्वपूर्ण सुझावको आवश्यकता रहेको उहाँको भनाई छ ।

हाल समग्र देशमा सर्वाधिक चर्चामा रहेको एमसीसी परियोजना जनभावना विपरीत भएकाले स्वीकार्य नरहेको उहाँले बताउनुभयो ।

भेलामा माओवादी केन्द्र प्रदेश कमिटि सल्लाहकार कौशल पाण्डे, मकवानपुर जिल्ला सचिवालय सदस्य तथा माओवादी केन्द्र मकवानपुर प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), नेपाल बुद्धिजीवी संगठन संस्थापक अध्यक्ष तारानाथ खतिवडा, जिल्ला सल्लाहकार ऋषिराम पोख्रेल, नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य केशव गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*