हेटौंडामा एक लाख ३२ हजार रुपैयासहित ६ जुवाडे पक्राउ
दशै तिहार आउनु भन्दा अघिनै तीज पर्वको अवसरमा भन्दै जुवा खेलिरेहको समयमा प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा दिपक श्रेष्ठको घरमा जुवा खेली रहेको समयमा प्रहरीले नगद एक लाख ३२ हजार ३ सय ९० रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेको हो ।
प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले श्रेष्ठको घरमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले कौडा १५ वटा र तास ६ बुक सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालीका वडा नंम्बर–६ बस्ने बर्ष २१ को डेनी भट्ट, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ का बर्ष ६० को ईवनाथ दंगाल, हेटौंडा–१५ का बर्ष ३५ को आलोक स्याङतान, बर्ष ६७ को रामसरण थापा, मनहरी गाउँपालिका वडा नम्बर–६ बस्ने बर्ष ४४ को वासु उप्रेती र भरतपुर महाँनगरपालिका वडा नंम्बर–१० बस्ने बर्ष ३८ को चुडामणी सेढाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।