हेटौंडा र काठमाण्डौको फोहोर व्यावस्थापनका विषयमा छलफल

शहरबाट निस्कने फोहोरको दिगो व्यावस्थापनका लागि तीनै तहका सरकार मिलेर काम गरौं– मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य
छहारी संवाददाता
भदौ १७, २०७८

हेटौंडा उपमहानगरपालिका र काठमाण्डौं महानगरपालिकाको फोहोरमैला व्यावस्थापनका सम्वन्धमा छलफल भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा आज हेटौंडामा छलफल कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शहरबाट निस्कने फोहोरको दिगो व्यावस्थापनका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनु भएको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका अत्यन्तै सफा र सुन्दर हुनुपर्नेबताउनुभयो ।

फालेको फोहोरले सर्बसाधरणको स्वास्थ्यमा निकै असर गर्ने भएकाले तत्काल फोहोर उठाएर व्यावस्थापन गर्नुपर्ने उहाँले वताउनुभयो । संघीय राजधानी काठमाण्डौ र प्रदेश राजधानी हेटौंडाको फोहोर व्यावस्थापनमा जोड दिनुपर्ने वताउनुभयो । प्रदेश सरकारले पनि उद्योग र पर्यटनका क्षेत्रमा जती काम गरेको छ तर, फोहोर व्यावस्थापनमा चासो नगएकाले यसतर्फ ध्यान दिनुपर्ने वेला आएको वताउनुभयो ।

फोहोर व्यावस्थापनका क्षेत्रमा संघीय र प्रदेश सरकारले काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री केशबराज पाण्डेले घरबाट निस्कने फोहोरलाई तत्काल व्यावस्थापन गर्नुपर्ने वताउनभयो । सूनय लगानीमा फोहोरको व्यावस्थापन गर्न सकिने उहाँले बताउनुभयो ।

फोहोरलाई मोहरमा परिणत गर्न सकिने बताउनुभयो । कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर बिद्याशुन्दर साक्यले सडक निर्माण नगर्दा फोहोरको व्यावस्थापन गर्न समस्या भएको बताउनभयो । काठमाण्डौं महानगरपालिका मात्र नभएर उपत्यका र बाहिरका जिल्लाबाट समेत आफुहरुले व्यावस्थापन गरेको स्थानमा फोहोर फालिएको बताउनुभयो । फोहोरलाई मोहोर वनाउनका लागि आफुहरु लागिपरेको बताउनुभयो ।

यसको व्यावस्थापनका लागि आफुहरुसंग रकमको अभाब नभएपनि यसको समस्या समाधान गर्नका लागि धेरै चुनौती रहेको बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले हेटौंडा सफा शहरका रुपमा पुरसकृत भएको बताउनुभयो ।

फोहोर व्यावस्थापनमा सबै सचेत रहनुपर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य केशब स्थापीत, बद्री मैनाली, प्रदेशका प्रमुख सचिब किरण शर्मा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डण्डुराज घिमिरे, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब सञ्जीब बराल, आन्तरिक मामिला तथा योजान मन्त्रालयका सचिब मदन भुजेल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*