हेटौंडामा मोबाइल खाता एप सार्वजानिक
वेदान्त टेक्नोलोजीज प्रालिले हेटौंडामा मोबाइल खाता एप सार्वजानिक गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक भरत सापकोटाले बिहीबार पत्रकार सम्मेलन गरी मोबाइल खाता एप सार्वजानिक गर्नु भएको हो ।
कार्यक्रममा प्रबन्धक सापकोटाले व्यापार व्यवसायमा हुने आर्थिक कारोबारलाई नयाँ प्रविधीसंग जोड्न आफुहरुले यो एप ल्याएको जानकारी दिनुभयो । नेपालमै पहिलो पटक यस्तो एप ल्याइएको भन्दै उहाँले व्यवसायीहरुले खरिद, बिक्री, खर्च, उधारो लगायतका सम्पूर्ण विवरण मोबाइल खाता एपमा राख्न सक्ने बताउनुभयो ।
व्यापार व्यवसायमा प्रयोग हुने परम्परागत डे बुक तथा लेजरको सट्टा मोबाइलमै आफ्ना सम्पूर्ण व्यवसायिक गतिविधि डिजिटल राख्न सकिने सापकोटाको भनाई छ । उहाँका अनुसार मोबाइल खातालाई गुगलको प्लेस्टोर र एप्पलको एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिनेछ।
यो एप प्रयोग गर्न चाहनेका लागि एक महिनासम्मको निशुल्क अफर रहेको जानकारी दिँदै प्रबन्धक सापकोटाले त्यसपछि भने ५ हजार रुपैयामा एप खरिद गर्नुपर्ने बताउनुभयो ।
कम्पनीले मोबाइल हातमा खाता साथमा भन्ने मुल नाराका साथ सुरु गरेको यो एपको प्रयोग हाल ३ हजार ८ सय भन्दा बढीले गरिरहेका छन् भने ६ सय भन्दाबढी सेवाग्राही खरिद गर्ने प्रक्रियामा रहेको सापकोटाले जानकारी दिनुभयो ।
व्यवसायिक दृष्टिले यो एप विश्वासिलो भरपर्दो र कम खर्चिलो माध्यम रहेको सापकोटाको दाबी छ । पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष आनन्द कुमार शाह लगायतको आतिथ्यता रहेको थियो ।