विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ

छहारी संवाददाता
भदौ १४, २०७८

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । बैङकिङ कसुर, वन, चेक अनादर र सवारी ज्यान मुद्धाका गरी ४ फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

बैङकिङ कसुर मुद्धामा फरार प्रतिवादी राक्सिराङ गाउँपालिका वडा नम्बर ५ की कौशिमाया स्याङतानलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले आइर्तबार पक्राउ गरेको हो । उच्च अदालत पाटन हेटौडाको फैसलाले स्याङतानविरुद्ध १० दिन कैद र ४ लाख १८ हजार २५० रूपैयाँ जरिवाना तोकेको थियो।

त्यस्तै वन मुद्धामा बकैया गाउँपालिका वडा नम्बर ६ बस्ने गंगा लामालाई प्रहरीले शनिबार हेटौंडा उपमहानगरपालिका ५ बाट पक्राउ गरेको जनाएको छ । उनिविरुद्ध जिल्ला अदालत हेटौडा र उच्च अदालत पाटन हेटौडाको फैसलाले ३ लाख ५७ हजार ६४० रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

यसैगरी चेक अनादर मुद्धामा बकैया गाउँपालिका वडा नम्बर ३ बस्ने शिव बाहादुर खुलाललाई आईतबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई जिल्ला अदालत मकवानपुरको फैसलाले दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो ।त्यस्तै हेटौंडा उपमहानगरपालिका ७ बस्ने दशरथ अर्याललाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आईतबार हेटौंडा–७ बाटै पक्राउ गरेको हो ।

अर्याललाई जिल्ला अदालत चितवनको फैसलाले सवारी ज्यान मुद्धामा दुई हजार रुपैयाँ जरिवाना तिर्न भनेको थियो । पक्राउ परेका चारै जनालाई कैद र जरिवाना भुक्तानको लागी मकवानपुर जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रवक्ता एवम् डिएसपी जयश्वर रिमालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*