सोमबार मास्क नलगाउने ११५ जना र दुई जना व्यवसायीलाई कार्वाही

छहारी संवाददाता
साउन ३२, २०७८

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार मास्क नलगाउने १ सय १५ जना र दुई जना व्यवसायीलाई कार्वाही गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलीले मास्क नलगाउने १ सय १५ जनालाई जनही एक सय रुपैँयाका दरले जरिवाना गराएको छ ।

यस्तै निषेधाज्ञाको उल्लङ्घन गर्दे पसल सञ्चालन गर्ने २ जनालाई नियन्त्रणमा लिई कार्वाहीको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

यस्तै प्रहरीले विभिन्न स्थानमा ५ सय ६६ थान मास्क वितरण गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*