उच्च अदालत पाटन हेटौंडा ईजलासद्वारा ८ सय २६ मुद्दा फर्छ्यौट
उच्च अदालत पाटन हेटौंडा ईजलास हेटौंडाले आर्थिक वर्ष २०७७/७८ मा ८ सय २६ वटा मुद्दा फर्छ्यौट गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटन हेटौंडा ईजलासले आर्थिक बर्ष २०७७/७८ मा ८ सय २६ वटा मुद्दा पर्छ्यौट गरेको जनाएको छ ।
आर्थिक बर्ष २०७६/७७ बाट जिम्मेवारी सरेर आएको ४ सय ८ ओटा मुद्दा , आर्थिक बर्ष २०७७/०७८ को नयाँ दर्ता भएका १ हजार ३७ मुद्दा सहित जम्मा १ हजार ४ सय ४५ ओटा मुद्दाहरु मध्ये ८ सय २६ वटा मुद्दा फर्छ्यौट गरेको उच्च अदालत पाटन हेटौंडा ईजलासका मुख्य न्यायाधीश साविर हुसेनले बताए ।
यस्तै चालू आर्थिक बर्ष २०७८/७९ का लागि आर्थिक बर्ष २०७७/७८ बाट ६ सय १९ ओटा मुद्दाको जिम्मेवारी सरेर आएको छ । चालू आर्थिक बर्ष २०७८/७९ का लागि १ हजार १ सय ४९ ओटा नयाँ मुद्दा दर्ता हुने अनुमान गरिएको छ । भने चालू आर्थिक बर्षमा १ हजार १ सय ९४ ओटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिईएको छ ।