मनहरी सामुदायिक आँखा केन्द्र नियमित संचालन हुने

छहारी संवाददाता
साउन ३२, २०७८

मनगहरी गाउँपालिका र हेटौडा सामुदायिक आँखा अस्पताल बीच मनहरीमा नियमित रुपमा सामुदायिक आँखा केन्द्र संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

हेटौंडा सामुदायिक आँखा अस्पतालले नेपाल रेडक्रस सोसाईटी मनहरी उपशाखाको समन्वयमा साप्ताहिक रुपमा सामुदायिक आँखा केन्द्र संचालन गर्दै आईरहेको थियो । सोही आँखा केन्द्रलाई स्तरोन्नती गरी दैनिक रुपमा आँखा केन्द्र संचालनमा ल्याउन लागिएको हो ।

आँखा केन्द्र संचालनकोलागि मनहरी गाउँपालिकाबाट दुई जना कर्मचारीको खर्च एवम् अन्य व्यवस्थापन खर्च उपलव्ध गराउने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनु भयो ।

अस्पताल प्रमुख डा. सुनिल थकालीले हेटौडा सामुदायिक आँखा अस्पतालबाट स्थापना भएको पहिलो सामुदायिक आँखा केन्द्र दैनिक रुपमा संचलान हुँदा यस क्षेत्रका विरामीहरु धेरै लाभान्वित हुने बताउनु भयो यसको लागि प्राविधिक सहयोग आँखा अस्पतालबाट गर्ने बताउनु भयो ।

नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले सामुदायिक आँखा केन्द्र ग्रामीण क्षेत्रको विकासमा निकै महत्वपूर्ण हुने भएकोले नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा कार्यक्रमबाट बिभिन्न क्षेत्रसंग समन्वय गर्दै सामुदायिक आँखा केन्द्र स्थापना गर्दै आएको बताउनु भयो ।

हेटौडा सामुदायिक आँखा अस्तपालका बरिष्ठ प्रशासकिय अधिकृत सुधिर श्रेष्ठले आगामी ३ महिनामा मनहरीमा दैनिक रुपमा आँखा जाँच, चश्मा मर्मत, रिफरल सेवा सहितको सामुदायिक आँखा केन्द्र संचालन गर्ने योजना रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*