मकवानपुरको मालपोत र नापी कार्यालय आइतबारबाट बन्द
मकवानपुरमा कोरोनाको जोखिम पुनः बढ्दै गएपछि जिल्ला मालपोत कार्यालय र नापी कार्यालय आइतबारबाट बन्द गरिएको छ ।
यी दुइ कार्यालयमा मानिसको भिड धेरै हुने भएकाले कोरोनाको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले बन्द गराएको हो । प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा केही दिन अघि बसेको बैठकले आइतबारबाट एक हप्ताको लागि मालपोत कार्यालय र नापी कार्यालय बन्द गर्ने निर्ण गरेको थियो ।
यसैबीच कोरोनाको जोखिम कम गर्न प्रशासनले गएको सोमबारबाट निजि तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली, निषेधाज्ञाको अवज्ञा गर्ने पसलहरुलाई जरिवाना लगाउँदै निषेधाज्ञालाई कडाई गरिरहेको छ । तर त्यसको कायान्वयन भएको छैन ।
प्रशासनले जारी निषेधाज्ञामा अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा, मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न पाईने र गैर खाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजे देखी अपरान्ह ४ बजे सम्म संचालन गर्न दिएको छ ।
कोरोना नियन्त्रणका लागि प्रशासनले आफ्नै कार्यालयको सेवामा पनि पालो लगाएको छ । मकवानपुरमा पछिल्लो साढे तीन महिना अघिदेखि निषेधाज्ञा जारी रहेको छ ।