उद्योग संघ मकवानपुरद्वारा हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण
उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।
कोरोना संक्रमणका बिरामी अस्पतालमा थपीदै गएपछी निजी क्षेत्रका उद्योगी, व्यावसायीहरुको सहयोगमा उद्योगसंघ मकवानपुरले प्लान्ट खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको हो । अक्सिजन प्लान्टको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्नुभयो ।
यस प्लान्टबाट दैनिक एक सय १५ देखि १ सय २० शिलिण्डर सम्म अक्सिजन उत्पादन हुने छ । ३१ जना सहयोगी हातहरुबाट रकम संकलन गरेर उद्योगसंघ मकवानपुरले एक करोड ३६ लाख ९५ हजार रुपैयाँ लागतमा अक्सिजन खरि गरेर अस्पताललाई हस्तान्तरण गरिएको हो ।
उद्योगसंघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभयो । यसअघि हेटौंडा उपमहानगरपालिकाले पनि अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिसकेको र त्यसबाट अक्सिजन उत्पादन भइरहेको मेयर हरि बहादुर महतले बताउनुभयो ।
कोरोना महामारीका कारण अक्सिजन नपाएर अस्पतालमा बिरामी छट्पटीएकै बेलामा उपमहानगरपालिकाले दाताहरुको सहयोगमा प्लान्ट स्थापना गरेर हस्तान्तरण गरेको थियो । उपमहानगरपालिकाकै लागनीमा अस्पतालमा डायलासिस सेवा पनि सुरु भएको छ । मकवानपुरका मृगौलाका बिरामीहरुले चितवन, काठमाण्डौ जाने भन्दा पनि हेटौंडा अस्पतालबाटनै यो सेवा लिनका लागि मेयर महतले आग्रह गर्नुभयो । डायलासिस सेवा लिनका लागि चितवन र काठमाण्डौ जादै आएका केही विरामीले अस्पतालबाट सेवा लिदै आएका छन् ।