बागमती प्रदेशका दुई मन्त्रीद्धारा रामेछाप र सिन्धुलीका स्वास्थ्य संस्थाको अनुगमन
बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानून मन्त्री केशव पाण्डेले सयुक्त रुपमा रामेछाप तथा सिन्धुलीका स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको छ ।
बिहिबार आन्तरिक मामिला मन्त्री तथा सामाजिक विकास मन्त्रीको टोलीले रामेछाप स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा सिन्धुली अस्पताल र मन्थली सेफ हाउसको अवलोकन गर्दै समस्या बारे जानकारी लिनुभएको हो ।
मन्त्री बस्नेतले सिन्धुली अस्पतालको सेवा सुविधाबारे बुझ्दै कोभिड १९ को संक्रमण दर फेरि बढिरहेकोले रोकथाम तथा उपचारका लागि तत्पर रहन स्वास्थ्यकर्मी हरुलाइ निर्देशन दिनुभएको छ ।
यस्तै अस्पतालमा महामारीको बेलामा अति आबश्यक स्वास्थ्य सामग्रीको ब्यब्स्था मिलाउन प्रदेश सरकार तयार रहने प्रतिबद्धता व्यक्त गर्नुएभको छ । यस्तै बिहिवार नै उहाँहरुले रामेछाप को आयुर्बेदिक स्वास्थ्य केन्द्रको औषधी तथा सेवाग्राही को बारेमा जानकारी लिनुभयो ।
अनुगमन टोलिमा मन्त्री द्वयका साथ प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत, प्रदेश सासद जुनेली श्रेष्ठको सहभागीता थियो । टोलीले बिहीवार नै मन्थली सेफ हाउसको समेत अबलोकन गरेको थियो ।