शनिबार हेटौंंडा कोरा २०२१, साइक्लिङ यात्रा सम्पन्न (तस्वीरहरु)
हेटौंडा राइडर्स क्लबको आयोजनामा शनिबार ‘हेटौंंडा कोरा (परिक्रमा) २०२१, साइक्लिङ यात्रा’ सम्पन्न भएको छ । चाइनिज भाषामा कोराको अर्थ परिक्रमा हुन्छ ।
हेटौंडाको भुटनदेवी मन्दिरबाट बिहान ७ बजे सुरु भएको साइक्लिङ बुद्धचोक हुँदै चौकीटोल, बनस्खण्डी, चौघडा, चुच्चेखोला, राजदेबी, दोभानचौर, एक्लेखेत, फुर्केचौर, हर्नामाणी, कमाने, औधोगिक क्षेत्र, हनुमान गेट, कर्रा पुल हुँदै बुद्धचोकमा पुगेर सम्पन्न भएको थियो ।
‘हेटौंडा कोरा २०२१, साइक्लिङ यात्रा’ मा क्लबमा आबद्ध महिला पुरुष समेत गरी ५० जनाको सहभागीता रहेको हेटौंडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारले जानकारी दिनुभयो । धार्मिक स्थलहरुको पहिचान एवं पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले एकदिने ५२ किलोमिटरको कोरा २०२१, साईक्लिङ यात्रा’ सम्पन्न गरिएको अध्यक्ष ताम्राकारले बताउनुभयो ।
सहभागीहरुलाई बुद्धचोकमा आयोजित समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो । क्लबले विभिन्न समयमा साईक्लिङ यात्रा आयोजना गर्दै आएको छ ।