पछिल्लो २४ घण्टामा देशभर १६ संक्रमितको मृत्यु, ३,३६५ संक्रमित थपिए
नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । योसंगै देशभर हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८०७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बिहिबार ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएकासंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना कोरोनामुक्त भएका छन् । योसंगै देशभर कोरोनामसक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर ३० हजार ३९० जना सक्रिय संक्रमित छन् ।
जसमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा र ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३६ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।