बिहीबार मकवानपुरमा ९९ जना संक्रमित थपिँदा ४५ जना कोरोनामुक्त
मकवानपुरमा बिहीबार ९९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १७५ जनाको पिसीआर र ५१ जनाको एन्टिजेन परिक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसंगै मकवानपुरमा हालसम्म १२ हजार ८ सय २९ जनामा कोरोना पुष्टि भएको छ ।
अहिले मवानपुरमा ६५१ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाकै कारण मकवानपुरमा हालसम्म १४१ जनाको मृत्यु भएको छ । यसैत्रीच पछिल्लो २४ घण्टामा मकवानपुरमा ४५ जना कोरोनामुक्त भएका छन् । योसंगै मकवानपुरमा हालसम्म १२ हजार ३७ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।