बस र रेल ठोक्किँदा भारतमा ११ जनाको मृत्यु

छहारी संवाददाता
साउन १३, २०७८

भारतमा बस र रेल एकआपसमा ठोक्किँदा ११ जनाको ज्यान गएको छ । हिजो राति लखनउँ–अयोध्या राजमार्गमा यो दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रामसहेनिघाटको पुलमाथि बिग्रेपछि रोकेर राखेको डबल डेकर बसमा लखनउबाट आइरहेको रेलले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर बसमा सवार ११ जनाको घटनास्थलमै ज्यान गएको छ भने केही गम्भीर घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।

प्रहरी तथा स्थानीयको सहयोगमा घटनास्थलबाट शव हटाउने तथा घाइतेलाई अस्पताल पुर्याउने काम भएको थियो ।  साभारः उज्यालो अनलाइन डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*