हेटौंडामा सोमबार निःशुल्क केश श्रृंगार तालिम सम्पन्न (तस्वीरहरु)

छहारी संवाददाता
साउन ११, २०७८

हेटौंडामा सोमबार निःशुल्क केश श्रृंगार तालिम सम्पन्न भएको छ । हेटौंडामा रहेको एपिएल पुजा व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा एक दिने सौन्दर्य अभिमुखीकरण (केश श्रृंगार तालिम) सम्पन्न भएको हो ।

महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको एपिएल पुजा व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी संचालक पुजा बस्नेत लामाले जानकारी दिनुभयो । मकवानपुरमा संचालित ८० भन्दा बढी ब्युटीपार्लरबाट सहभागीहरुले तालिम लिएको लामाले बताउनुभयो । १२ वर्षदेखि मकवानपुरमा ब्युटीसियन सम्बन्धी कार्य गदै आउनु भएकी लामाले विभिन्न समयमा महिलाहरुका लगि उपयोगी तालिम आयोजना गर्ने गरेको बताउनुभयो ।

फेमिली इन्टर प्राइजेज (कार्बनिल कम्पानिल कम्पनी) को संयोजनमा भएको तालिममा सहभागीहरुलाई केशको हेरचाह, केश कलरिङ सम्बन्धि अभिमुखीकरण गराइएको थियो । यस्ता तालिमले आफ्नो सीप तथा क्षमताको विकास हुने तथा व्यवसायीक बन्न थप हौसला मिल्ने सहभागीहरुले बताएका छन् ।

अन्तराष्ट्रिय हेयर ड्रेसर रायन राइले दिनु भएको तालिममा अनिश नेपालीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा फेमिली इन्टर प्राइजेजका निर्देशक नेत्र प्रसाद तिमल्सेनालाई सम्मान पत्र प्रदान गरिएको थियो भने तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कोरोना संक्रमणको खतरालाई मध्यनजर गरी स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरी कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*