मकवानपुरमा शुक्रबार १ संक्रमितको मृत्यु, ५० संक्रमित थपिँदा ११३ जना कोरोनामुक्त
मकवानपुरमा शुक्रबार कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
हेटौंडा ११ का ९० बर्षका एक पुरुषको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ । साउन ३ गते चितवनमा कोरोना पुष्टि भएका उनलाई साउन ६ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । योसंगै मकवानपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।
यस्तै शुक्रबार मकवानपुरमा ५० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३० जनाको पिसआर र ८९ जनाको एन्टिजेन परिक्षण गर्दा ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै मकवानपुरमा हालसम्म १२ हजार ३ सय ७९ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ ।
अहिले मवानपुरमा ५३६ जना सक्रिय संक्रमित छन् यसैबीच, पछिल्लो २४ घण्टाका मकवानपुरमा ११३ जना कोरोनामुक्त भएको कार्यालयले जनाएको छ । योसंगै जिल्लामा कोरोनामसक्त हुनेको संख्या ११ हजार ७ सय ५ पुगेको ट ।