नेपालमा कोरोना संक्रमणका कारण थप २४ जनाको मृत्यु

छहारी संवाददाता
साउन ७, २०७८

नेपालमा कोरोना संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या ९ हजार ६६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार १२२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५५ र ३ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गर्दा ८५९ जना गरी २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २८८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ ।हाल देशभर २७ हजार ३७५ जना सक्रिय संक्रमित छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा र २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*