जसपा विवादबारे आज निर्वाचन आयोगमा बहस
जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ ।
आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।
आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो । इजलासले गएको आइतबारदेखि जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो । साभारः उज्यालो अनलाइन डटकम ।