हेटौडा ७ नागस्वतीमा १८ लाख लागतमा १६२ मिटर सडक स्लाब ढलान
हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले वडा नम्बर–७ नागस्वतीमा सडक स्लाब ढलानको उद्घाटन गर्नु भएको छ ।
कुल १८ लाख रुपैयाँ लागतमा १६२ मिटर सडकमा स्लाब ढलान गरिएको हो । कार्यक्रममा मेयर महतले हेटौंडाका धेरै सडक पक्की गर्ने अभियान अनुसार काम भइरहेको बताउनुभयो ।
अहिले जनप्रतिनिधिहरु आइसकेपछी धेरै विकासका कामहरु भएको मेयर महतको भनाई छ । कार्यक्रममा हेटौंडा–७ का वडा अध्यक्ष राजन थापा लगायतको आतिथ्यता रहेको थियो ।