प्राकृतिक विपद्मा परेर पछिल्लो तीन महिनामा ११४ जनाको मृत्यु

छहारी संवाददाता
असार ३०, २०७८

पछिल्लो तीन महिनामा प्राकृतिक विपद्का घटनामा परेर १ सय १४ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

वैशाख १ गतेदेखि असार २९ गरेसम्मको तथ्याङ्क अनुसार चट्याङ्गबाट ३५ जना, पहिरोमा २९, बाढीमा २७ र डुबानमा परेर ८ जनाको ज्यान गएको छ । यस्तै आगलागीबाट ११, डढेलोबाट ३ र हावाहुरीका कारण एक जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यसपालि मनसुन भित्रिएसंगै लगातारको वर्षाले धेरै ठाउँमा क्षति पुगेको छ । अहिले देशका धेरै ठाउँमा वर्षा रोकिएको छ । आज र भोलि लगातार झरी पर्ने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन् ।

यद्यपी बिहान र दिउँसोको समयमा वर्षा नभएपनि रातिको समयमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज बागमती, गण्डकी, सुदूरपश्चिम र प्रदेश १ का केही ठाउँमा ठूलो वर्षा तथा चट्याङ्ग पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*