कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे शपथ ग्रहण हुने

छहारी संवाददाता
असार २९, २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनु भएको छ । सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । देउवाको शपथ ग्रहण आजै साँझ ६ बजेका लागि तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*