हेटौंडा र बकैयामा दुई पुरुषको सव फेला
हेटौंडा र बकैयामा दुई पुरुषको सव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडा –२ संगमचोकमा एक पुरुष मृत फेला परेका छन् । ज्याला मजदुरी गरेर वस्ने पुरुष मृत फेला परेको जिप्रका मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । बिहान नउठेर बोलाउदा उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
यस्तै बकैया गाउँपालिका ३ बकैया खोलास्थित पुलमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको रिमालले जानकारी दिनुभयो । पुलमा स्थानीय क्रसर उद्योगमा कार्यरत दाङका ४५ बर्षीय मजदुर मृत अवस्थामा फेला परेका हुन् ।
उनको आत्महत्या हो वा अन्य केही भन्ने बारेमा खुलेको छैन । घटनास्थलमा इलाका प्रहरी कार्यालय फापरवारीको टोली पुगेको छ । दुबै घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।