सर्वोच्चको फैसला स्वागत गर्दै बुद्ध चोकमा कांग्रेस र माओवादी केन्द्रद्वारा दीप प्रज्वलन(तस्वीरहरु)

छहारी संवाददाता
असार २८, २०७८

सर्वोच्च अदालतले सोमबार संसद विघटन बदरको निर्णय गरेपछि यसको स्वागतमा नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको गठबन्धनले दीप प्रज्वलन गरेको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय सर्वोच्चले सोमबार बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । यसैको खुशियालीमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल, वाईसियल, अखिल क्रान्तिकारीले हेटौंडाको बुद्धचोकमा प्रर्दशन तथा दीप प्रज्वलन गरेको हो ।

प्रर्दशनका क्रममा ‘आज होइन भोलीलाई लैजाउ तिम्रो ओलीलाई’, ‘प्रतिगमन ढालियो केपी ओली फालियो’, जस्ता नारा लगाइएको थियो ।

प्रर्दशनमा विपक्षी गठनबन्धन सम्बद्ध नेकपा माओवादीसहितका दलका युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो । यसअघि आजै नेकपा एमाले सम्बद्ध युवाहरुले सर्वोच्चको संसद विघटन बदरको निर्णय विरुद्ध बुद्ध चोकमै प्रर्दशन गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*