सर्वोच्चको फैसला विरुद्ध एमालेका युवाद्वारा हेटौंडाको बुद्ध चोकमा प्रर्दशन

छहारी संवाददाता
असार २८, २०७८

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि नेकपा एमालेसम्बद्ध युवाहरुले हेटौंडामा प्रर्दशन गरेका छन् ।

प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय सर्वोच्चले सोमबार बदर गरिदिएपछि ओली पक्षका युवाहरु प्रर्दशन उत्रिएका हुन् ।

प्रर्दशनका क्रममा युवाहरुले संबैधानिक सर्वोच्चता कायम गर, निर्दलीय व्यवस्था चाहिँदैन लोकतन्त्र मास्न पाईदैन, सर्वोच्च अदालत होसियार, आज होइन भोलीलाई १० बर्ष ओलीलाई, प्रतिगामी फैसला मुर्दावाद लगायतका नारा लगाएका थिए ।

प्रर्दशनका क्रममा अदालतको फैसलाको प्रति समेत जलाइएको थियो । एमाले निकट युवा संघका जिल्ला अध्यक्ष लक्ष्मण उप्रेतिको नेतृत्वमा बुद्धचोकमा भएको विरोध प्रदर्शनमा एमालेका जनप्रतिनिधी लगायत विभिन्न भातृसंगठनका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*