सेल्फी खिच्ने क्रममा चट्याङ लागेर ११ जनाको मृत्यु
भारतको राजस्थानमा सेल्फी खिच्ने क्रममा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन्।
राजस्थानको राजधानी जयपुरको उत्तरी भागमा मोबालाईबाट सेल्फी खिच्दै गर्दा ११ जनाको मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । जयपुरसहित केहि जिल्लामा भारी वर्षा सहित परेको चट्याङ लागेर पछिल्लो समय कम्तिमा २० जनाको मृत्यु भइसकेको छ ।
वर्षा भइरहेकै बेला आमेर किल्लाको वाच टावरमा उनीहरूले सेल्फी खिचिरहेका समाचारमा जनाइएको छ । उत्तर प्रदेशमा पनि आइतबार चट्याङसहित ठूलो वर्षा हुँदा ४२ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।