बागमती प्रदेशमा हालसम्म ३,९१३ संक्रमितको मृत्यु
बागमती प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ९ सय १३ जनाको मृत्यु भएको छ ।
कोरोनाको पहिलो र दोस्रो लहर गरी ३ हजार ९१३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । प्रदेशका १३ वटै जिल्लामा कोरोना संक्रमितको उपचारका लागि तीनै तहका सरकारले सुविधा थप गरेपनि मृत्यु भने शुन्यमा झार्न नसकेको डाक्टर सेढाईले बताउनुभयो ।
यस्तै पछिल्लो जानकारी अनुसार बागमती प्रदेशमा सोमबारसम्म ३ लाख ५१ हजार ९ सय ८३ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ३ लाख ३९ हजार ७ सय ७२ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमित मध्ये करीब ९७ प्रतिशत कोरोनामुक्त भएको डाक्टर सेढाइंले जानकारी दिनुभयो । मकवानपुर जिल्लामा मात्रै हालसम्म कोरोना संक्रमणका कारण १३३ जनाको मृत्यु भएको छ ।