नारायणगढ–मुग्लिङ सडक ठप्प, सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध

छहारी संवाददाता
असार २८, २०७८

पहिरोका कारण नारायणगढ–मुग्लिङ सडक ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहान साढे ४ बजे सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ५ बजेदेखि नै पहिरो पन्छाउने काम भइरहेको छ । अहिले दुई वटा डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । सडकमा खसेको पहिरो हटाउन थप डोजर ल्याउने तयारी पनि भएको छ । पहिरो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।

मुग्लिङ-नारायणगढ सडक खण्डमा दिनहुँजसो पहिरो खसिरहेकाले यो सडक हुँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीको आग्रह छ । अत्यावश्यक काम नपरिकन यात्रा नगर्न र काम विशेषले हिँड्दा पनि सडकको अवस्था बारे जानकारी राख्न प्रहरीको अनुरोध छ । यसपालिको मनसुन सुरु भएसँगै मुग्लिङ-नारायणगढ सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसिरहेको छ । साभाारः उज्यालो अनलाइन डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*