बागमती प्रदेशको आर्थिक वर्ष ०७८/०७९ को बजेट बहुमतले पारित

सोमबार बजेटबारे थप प्रक्रिया अघि बढाउन गरेको प्रस्ताव सभामुखबाट अस्विकार भएपछि विपक्षी दलहरुद्वारा बैठक बहिस्कार
छहारी संवाददाता
असार २७, २०७८

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।

बागमती प्रदेशसभामा आइतबार विनियोजन विधेयकमाथिको छलफल सकिएपछि बजेट पारित भएको हो । बजेटमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशिल साझा पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदले राखेको खर्च कटौति प्रस्ताव बहुमतले अस्विकृत भएको छ भने बजेट बहुमतले पारित भएको छ ।

यसअघि विषयगत मन्त्रालयमा सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । विपक्षी दलहरुले संसद अवरुद्ध गरेका विषयबारे स्पष्ट पार्दै मूख्यमन्त्री डोरमणि पौडेलले सरकारले सबैसंग समन्वय गरी विकास अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बजेटमाथिको छलफलमा विपक्षी सांसदहरुले बजेट पारित गर्ने हतारले सबै मन्त्रालयको एकमुष्ठ छलफल गराएको, बजेटलाई समानुपातिक र आवश्यकताका आधारमा भन्दा आगामी निर्वाचन केन्द्रित गरेर विनियोजन गरेको लगायतको विषयमा धारणा राखेका थिए । त्यस्तै सत्तापक्षीय सांसदहरुले भने बजेटले सबै क्षेत्र, बर्ग र भुगोललाई समेटेको बताएका थिए ।

बैठक संचालन हुँदै गर्दा विद्युत आपूर्ति बन्द भएपछि सोमबार बजेटबारे थप प्रक्रिया अघि बढाउन विपक्षी दलले गरेको प्रस्ताव सभामुख सानुकुमार श्रेष्ठले वेवास्ता गरेपछि विपक्षी दलहरुले बैठक बहिस्कार गरेका थिए । साभारः प्रष्ट खबर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*