दुईवटा पुस्तक निकाल्नुको कारणबारे संसदमा मुख्यमन्त्रीको जवाफ
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले दुईवटा पुस्तक निकाल्नुको कारणबारे संसदमा जवाफ दिनु भएको छ ।
आइतबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पौडेलले बजेट बाँडफाँड पुस्तक बाहेक पछिल्लो पुस्तक विस्तृत विवरण भएको र यो पनि कार्यान्वयन हुने स्पष्ट पार्नु भएको हो । आमसंचारगृहको बजेटबारे उठेका विषयप्रति सम्मान गर्ने बताउँदै उहाँले आफ्नै छापाखाना स्थापना गर्ने जानकारी दिनुभयो ।
विद्युतीय बस चलाउन विभिन्न स्थानमा चार्जिङ स्टेसन राख्ने तयारी भइसकेको बताउँदै मुख्यमन्त्री पौडेलले चार्जिङ स्टेशनका लागि टेन्डर प्रक्रिया अघि बढेको बताउनुभयो । विद्युतीय बस खरिद गर्नु ३ महिनाअघि मात्रै चार्जिङ स्टेशन बनाउने र बसको रुटसमेत तय गर्ने उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले ३० वटा विद्युतीय बस खरिद गरेर संचालन गर्न लागेको उहाँको भनाई छ ।