मकवानपुरमा थप १ कोरोना संक्रमितको मृत्यु, २३ नयाँ संक्रमित थपिए

छहारी संवाददाता
असार २७, २०७८

मकवानपुरमा आइतबार थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । २३ नयाँ संक्रमित थपिएका छन् ।

हेटौंडा १४ की ७० बर्षीय महिलाको गएराती मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ । असार २० गते कोरोना पुष्टि भएपछि ति महिलालाई उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । मकवानपुरमा हालसम्म कोरोना संक्रमणका कारण १३३ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार थपिएका संक्रमितमा सबैभन्दा बढी बढी ११ जना मनहरी गाउँपालिकाका रहेका छन् ।

यस्तै मकवानपुरगढी गाउँपालिकाका ३ जना, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बागमती र कैलाश गाउँपालिकाका २ २ जना तथा भीमफेदी गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएके छ । आइतबार थप ७७ जना कोरोनामुक्त भएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*