नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ छैन: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताउनुभएको छ । कोभिड – १९ युनिफाइड केन्द्रीय, वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स्वास्थ्य उपचार अन्य देशको भन्दा सस्तो रहेको जिकिर गर्नुभयो । आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७–८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने उहाँको भनाइ रहेको छ ।
सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अब कोरोना विरुद्धको खोपको अभाव नहुने बताउनुभएको छ । नेपालीलाई अब खोपको अभाव नहुने बताउनुभएको हो। केही समय खोपको अभाव देखिएको भन्दै अब सोही अवस्था नदोहोरिने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले २०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य अनुसार सरकार अघि बढिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारको निरन्तर प्रयासका कारण नै नेपालमा कोरोना नियन्त्रण हुन सकेको दाबी समेत गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रूपमा प्राविधिक सामान खरिद नगर्न सचेत गराउनुभएको छ । उहाँले भन्नुभयो, ‘इक्विपमेन्ट चाहिए किन्ने नचाहिए नकिन्न आग्रह गर्नुभयो । अनावश्यक सामान खरिद गरेर प्रयोगविहीन बनाइ देशलाई घाटा हुने काम नगर्न पनि उहाँले सचेत गराउनुभएको छ ।