बागमती प्रदेशसभा आइतबार बिहान बस्ने गरी स्थगित

छहारी संवाददाता
असार २६, २०७८

बागमती प्रदेशसभा आइतबार बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको छ ।

शानिबारको बैठक पनि प्रतिपक्षी दलहरुले अबरोध गर्ने भनेपछी आइतबारका लागि सारीएको प्रदेशसभाका प्रवक्ता बिनोद अमात्यले जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष २०७८/०७९ बजेट पास गराउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद हुँदा प्रदेशसभाको बैठकमा अवरोध भइरहेको छ ।

लगातार तीन दिनसम्म विभिन्न माग राख्दै प्रतिपक्षी दल माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध सिर्जना गरेसँगै प्रदेशसभाको बैठक बस्न सकेको छैन । बैठकलाई सहजरुपले सञ्चालन गर्न शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसे पनि दलहरुबीच ठोस सहमति भने भएन ।

सबै दल आ–आफ्नो अडानमा रहेकाले कार्यव्यवस्थामा सहमति नजुटेको हो । विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याएको, समपूरक बजेट र योजना दलगत आधारमा विभदे गरी बाँडफाँड गरेको, प्रदेश सरकारले आमसञ्चार गृह सञ्चालन गर्न नहुने भन्दै प्रतिपक्षी दलहरुले संसदमा अवरोध सिर्जना गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपा बजेट फेल गराउन मोर्चाबन्दी गरिरहेका छन् । विपक्षीको मोर्चाबन्दी र आफ्नै दलभित्रको खनाल–नेपाल समूह बजेटको विपक्षमा रहेका कारण सदनबाट बजेट पास हुने अवस्था नरहे पनि सरकारले बैठक आह्वान गरेको हो ।

बैठक अगाडि मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षी दलहरुसँग छलफल गर्ने बुझिएको छ । सरकारलाई साउन १ गतेभित्र सदनबाट बजेट पास गराउनुपर्ने बाध्यता छ ।

बागमती प्रदेशमा सत्तारुढ एमालेको एकल बहुमत भए पनि खनाल–नेपाल समूहले सहयोग नगरे सदनबाट बजेट पास हुन सक्दैन । पार्टी एकताका लागि भन्दै आगामी आबको नीति तथा कार्यक्रम एमालले एक भएर पारित गरे पनि बजेट पास गर्ने समयमा सत्तारुढ दलका सांसदहरुलाई विभाजित भएका छन् ।

हाल प्रदेशमा रहेका १०९ सांसदमध्ये एमालेको ५६ जना रहेका छन् । जसमध्ये खनाल–नेपाल समूहको २३ मत रहेको छ । प्रदेशमा माओवादीको २३, कांग्रेसको २२, विवेकशील साझा ३, नेपाल मजदुर किसान पार्टी र राप्रपा २र२ तथा एकजना स्वतन्त्र सांसद रहेका छन् । बजेट पास गर्नका लागि ५५ मत आवश्यक पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*