तेस्रो चरणको कोरोना विरुद्ध लड्न प्रदेश सरकार तयारी अवस्थामा छः मन्त्री बस्नेत

छहारी संवाददाता
असार २६, २०७८

बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले तेस्रो चरणको कोरोना संकमण विरुद्ध लड्न प्रदेश सरकार तयारी अवस्थामा रहेको बताउनु भएको छ ।

शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने भएकाले प्रदेश भित्रका अस्पताललाई २० प्रतिशत बेडहरु छुट्याउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

बागमती प्रदेशमा खोप कसरी व्यवस्थापन गर्ने भनेर लागिपरेको बताउँदै उहाँले आगामी आर्थिक वर्षमा खोप व्यवस्थापनकै लागि भनेर सरकारले २ अर्व रुपैयाँ बजेट छुट्याएको जिकिर गर्नुभयो । मन्त्री बस्नेतले प्रदेशकै कार्यालयबाट खोप हराएको बिषयमा खोजी भइरहेको समेत बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*