मनहरी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाद्वारा मनहरी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नुभएको छ ।
कांग्रेस नेतृ डिनाद्वारा मनहरी ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङ र अस्पतालका प्रमूख डा। रिवेक सुनाम परियारलाई संयुक्तरूपमा शुक्रबार १० लिटरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नुभएको हो ।
कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, कांग्रेस जिल्ला सदस्य मिरा स्याङतान, प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महासमिति सदस्य रञ्जन कालाखेती, मनहरी गाउँपालिका सचिव प्रकाश बर्तौला, ७ नम्बर वडा सभापति उमेश लामा, मुक्ति अधिकारी, गोरीमाया लामा, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र सभापति नारायण सुवेदीलगायतको उपस्थिति रहेको थियो ।