पूर्वि मकवानपुरको बकैयामा दुईवटा पुल उद्घाटन
पूर्वि मकवानपुरको बकैया गाउँपालिकामा आज दुईवटा पुल उद्घाटन भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले आज वडा नंबर ४ र ३ मा रहेको दुईवटा पुलको उद्घाटन गरेका हुन् । आज एक कार्यक्रमबिच मुख्यमन्त्री पौडेलले बकैया वडा नंबर ५ ठाँटी खोलामा निर्माण भएको पक्की पुल तथा वडा नंबर ३ को बकैया खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् ।
बागमती प्रदेश सरकार र स्थानीय बकैया गाउँपालिकाको संयुक्त लगानीमा समपुरक बजेट अन्र्तगत १ करोड रुपैँयाको लगानीमा निर्माण भएको बकैयाको श्रीपुर र रातदमार बिचमा रहेको ठाँटी खोलाको पुल २६ दशमलब २५ मिटर लम्बाई तथा ७ दशमलब २० मिटर चौडाईको रहेको छ । पुल निर्माण पछि बकैया वडा नंबर ४,५ र ६ नंबर का वासिन्दाहरुलाई मदन भण्डारी राजममार्गसम्म आईपुग्न सहज भएको छ ।
यसैगरी आजै बकैयाको हात्तिसुडेबाट बसन जोडने झोलुङ्गे पुलको पनि उद्घाटन भएको छ । संघिय सरकारको आर्थिक सहयोग, राडो नेपाल तथा टिभिएसयुको प्राविधिक सहयोगमा निर्माण पुल निर्माण भएको हो । दुबै पुलको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले अब विकासको युग प्रारम्भ भैसकेको बताए । नेकपा एमाले नेतृत्वको सरकारले देशैभरी विकासको काम गरेको भन्दै उनले बागमती प्रदेश सरकारको साढे तिन वर्षको कार्यकालमा मात्र हालसम्म ४६ वटा पुल निर्माण भएर सञ्चालन भैसकेको बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता तथा विगठित प्रतिनिधिसभा सांसद कृष्ण प्रसाद दाहालले बकैया गाउँपालिकामा विकासको मुहान फुटेको बताए । बकैया गाउँपालिका मदन भण्डारी राजमार्ग तथा फास्ट ट्रयाक्को क्षेत्रमा रहेको भन्दै यहाँ विकासको नयाँ आयम थपिएको बताए । बकैया नदि प्रणालिलाई उचित तटबन्धन गरेर हजारौ विगहा जमिन खेतियोग्य बनाउन सकिने कुरालाई मध्यनजर गर्दै यो पटकको बजेटमा संघिय सरकारले पनि तरकारी भण्डारणको लागि बकैयामा बजेट विनियोजन गरेको उनको भनाई रहेको छ ।
पुल निर्माण पछि बकैयाको ठाँटी खोलाले गर्दा हुने धेरै समस्याको निराकरण हुनुको साथै पुलको अभावमा खोलाले बगाएर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता हटने स्थानीयहरुको भनाई रहेको छ ।
गाउँपालिकाका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको कार्यक्रममा विघठित प्रतिनिधि सभाका सदस्य कृष्ण प्रसाद दाहाल , प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, प्रदेश युवा परिषद उपाध्यक्ष सन्तोष चौलागाईं,जिल्ला अध्यक्ष शिबहरी दाहाललगायत सहभागी थिए ।