निको हुने भन्दा संक्रमितको संख्या एक हजारले बढी

छहारी संवाददाता
असार २२, २०७८

पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,६६५ छ । त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।       साभारः अनलाइन खबर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*