१,६४६ ट्याब्लेट लागुऔषध नाईट्रोभेट सहित ६ जना पक्राउ
मकवानपुर प्रहरीले १ हजार ६४६ ट्याब्लेट लागुऔषध नाईट्रोभेट सहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बाराबाट हेटौंडा आउँदै गरेको बा ९५ प ७९३२ नम्बरको मोटरसाइकलका चालक चितवन कालिका नगरपालिका १ जुटपानि बस्ने २३ बर्षका रविन बिकको साथबाट नाईट्रोभेट १ हजार ४९६ पिस फेला पारेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खर्टिको टोलीले हेटौंडा १५ पिपल चौतरा स्थित पुर्व पश्चिम सडक खण्डमा चेकजाँदा गरी बिक र उनको साथमा मोटरसाइकलमा सवार सोही स्थान वडा नम्बर ७ बस्ने २२ बर्षका अर्जुन श्रेष्ठलाई समेत नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको छ ।
यस्तै प्रहरीले हेटौंडा ४ बाट लागुऔषध नाईट्रोभेट १५० ट्याब्लेट सहित ४ जनालाई पक्राउ गरेको छ । औषधको कारोवार भईरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी भुटनदेवीबाट प्रहरी हवल्दार डिल्लिराम शिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
हेटौंडा ४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा लागुऔषधको कारोवार गरिरहेका हेटौडा १० बस्ने २३ बर्षका बिवेक न्यौपाने, हेटौडा ५ बस्ने १९ बर्षका एडी चौधरी, काभ्रे नमोबुद्ध घर भई हाल हेटौंडा ४ बस्ने २० बर्षका सुरज लामा र सिन्धुली जिल्ला मरिन गाउाँपालिका घर भई हाल हेटौंडा १५ बस्ने २३ बर्षका बिशाल कुमार वाईवादाई प्रहरीले पक्राउ गरेको हो ।