नेम ईन्टिच्युटले एसईई दिएर बसेका विद्यार्थीहरुलाई निःशुल्क ब्रिज कोर्ष पढाउने
मकवानपुरको हेटौंडा स्थित नेम ईन्टिच्युटले एसईई दिएर बसेका विद्यार्थीहरुलाई अनलाईन मार्फत निःशुल्क ब्रिज कोर्ष पढाउने भएको छ ।
ईन्टिच्युटका संचालक किशोर अर्यालले न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एसईई दिएर बसेका विद्यार्थीहरुलाई निःशुल्क ब्रिज कोर्ष गराउने तयारी गरेको बताउनुभयो । कोरोना संक्रमण जोखिमको कारण निषेधाज्ञाले घरमै बसेका विद्यार्थीहरु मदत होस् भन्ने उदेश्यले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत अनलाईन मार्फत देशभरका विद्यार्थीहरु निःशुल्क ब्रिज कोर्ष गराउने तयारी गरेको संचालक अर्यालको भनाई छ ।
उहाँले एसईई दिएका विद्यार्थीलाई विज्ञान, व्यवस्थापन संकायको ब्रिज कोर्षको अनलाइन कक्षा निशुल्क संचालन गर्ने जानकारी दिनुभयो । अर्यालका अनुसार एक विद्यार्थीलाई १५ हजार खर्च हुने ब्रिज कोर्ष निः शुल्क संचालन गर्न लागिएको हो ।
इमान्दार र लगशिल विद्यार्थी मात्र उपस्थित हुन् भनेर ५ सय रजिस्टर शुल्क तोकिएको र उक्त शुल्क रकमले कक्षा संचालन अवधि भर शिक्षकका लागि इन्टरनेट जडान गरिदिने र अन्तिममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको लागि पुरस्कारको समेत व्यवस्था गरिएको संचालक अर्यालको भनाई छ ।
अर्यालका अनुसार ब्रिज कोर्ष लिन चाहाने देशभरका विद्यार्थीले आउँदो असार २५ गते भित्र फर्म भर्न सकिने र समयमै फर्म भरेका विद्यार्थीहरुलाई इमेल मार्फत जुम आइडि र पासवर्ड जानकारी दिईनेछ । कोर्ष असार २७ गतेदेखि दैनिक बिहान ३ देखि ४ घण्टाको रहनेछ ।